काठमाडौं । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिवर्तनको मुख्य शक्ति कांग्रेस र एमाले नभएको दाबी गरेका छन् । एमाले र कांग्रेस संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष नभएको उनको भनाइ छ ।

बुधबार सामाजिक सञ्जालमार्फत उले माओवादी कानुनी र सांसद् संख्याको हिसाबले सदनमा तेस्रो स्थानमा रहे पनि वर्तमान राजनीतिक परिवर्तनको मुख्य शक्ति भएको दाबी गरेका हुन् । उनले वर्तमान राजनीतिको संस्थापन पक्ष आफ्नै दल माओवादी भएको बताएका छन् । यद्यपि उनले के सन्दर्भमा यसो भनेका हुन् त्यो भने खुलाएका छैनन् ।

ADVERTISEMENT

‘हामी अहिले कानुनी र सङ्ख्याको हिसाबले सदनमा तेस्रो स्थानमा छौँ। तर, हाम्रो जतिसुकै सिट हुँदा पनि, अहिले ३२ सिट भए पनि वा पहिले २४० हुँदा पनि, अथवा अझै कम भए पनि आजको नेपाली राजनीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदूर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो,’ उनले लेखेका छन् ।

माओवादी ०५२ सालमा जन्मेको पार्टी हो । एमाले ०४७ सालमा स्थापना भएको हो । कांग्रेस भने २००३ सालमै स्थापना भएको पार्टी हो । नेपालमा भएका सबै क्रान्ति र परिवर्तनको नेतृत्व कांग्रेसले गरे पनि प्रचण्डले माओवादीलाई किन संस्थापन पक्ष भन्न खोजेका हुन् भन्ने कसैले भेउ पाउन सकेको छैन ।

ADVERTISEMENT