काठमाडौं । गृह जिल्ला चितवनमा मतदान गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड हेलिकोप्टरमार्फत रुकुमपूर्व प्रस्थान गरेका छन्।

चितवन–३ अन्तर्गत भरतपुर–१४ स्थित प्रहरी स्कुल मा बिहानै मतदान गरेका प्रचण्डले त्यसपछि हेलिकोप्टरमार्फत रुकुमपूर्वको सिस्ने–५ कमलदह पुगेका हुन्।

ADVERTISEMENT

रुकुमपूर्वमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहित ११ जना उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्। उनले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर स्थानीय निर्वाचन गतिविधि तथा मतदाता सहभागिताबारे जानकारी लिने कार्यक्रम रहेको छ।