काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार परिसूचक नेप्से ४.४५ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक घटेर २५९५.७४ विन्दुमा आइपुगेको हो। बुधबार ०.०३ अंकले नेप्से घटेको थियो ।

बिहीबार एक करोड ९६ लाख कित्ता सेयर बिक्री हुँदा सात अर्ब ७८ करोडबराबरको कारोबार भएको छ । ९३ वटा सेयरको मूल्य बढे पनि १५५ वटाको घटेको छ।

ADVERTISEMENT

आज ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, वरुण हाइड्रोपावरलगायतको मूल्य बढ्दा रिलायबल समृद्धि योजना, ओम मेगाश्री फर्म्यास्युटिक्लस, पियोर इनर्जीलगायतको घटेको छ।

ADVERTISEMENT

बुटवल पावर कम्पनीको ६२ करोडको, राधी विद्युतको ३९ करोडको कारोबार भए पनि अन्यको उल्लेख्य कारोबार हुनसकेको छैन। साथै, न्यादी गुप्रको ३२ करोड, सिंगटी हाइड्रोको ३१ करोड र बरुन हाइड्रोपावरको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।