काठमाडौं ।  सेयरबजारमा आज २८ अंकको बढावट देखिएको छ।

नेप्से २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा चढेको हो। योसँगै आज ४ अर्ब ३६ करोडको किनबेच भएको छ।

ADVERTISEMENT

१ करोड २० लाख बढी कित्ता किनबेचपछि यो परिमाणमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

ADVERTISEMENT

यस दिन २३७ वटा सेयर बढ्दा ३१ वटा घटेका छन् भने ९ वटा अघिल्लो मूल्यमै कारोबार भएका छन्।

यस दिन उपकार लघुवित्त र अभियान लघुवित्तको सेयर १०.५३ र १०.०९ प्रतिशतले बढेका छन् भने बाँकी सेयरहरुमा ९.५४ प्रतिशतसम्मको वृद्धि देखिएको छ।

ADVERTISEMENT

शुक्रबार सेयरहरुमा ५.७१ प्रतिशतसम्मको गिरावट देखिएको नेप्सेले जनाएको छ।

आज पनि लिबर्टी इनर्जी कम्पनीको सर्वाधिक ३६ करोडको कारोबार भएको छ। बाँकी सेयरहरु १८ करोडसम्म खरिदबिक्री भएका छन्।