काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा गठन गरेको छानबिन समिति रास्वपाले अस्वीकार्य भएको जनाएको छ।

रास्वपा प्रवक्ता मनिष झाले राजनीतिक नियुक्तिको पर्खाइमा बसेका व्यक्तिलाई संयोजक बनाएर गृहमन्त्रीलाई चोख्याउन खोजिएको आरोप लगाउँदै संसद् अवरोध फिर्ता नलिने बताएका छन् ।

ADVERTISEMENT

सरकारले मंगलबारको प्रतिनिधिसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ । सर्वसम्मत ढंगले बजेट पारित होस् भन्ने चाहेरै सरकारले सोमबार पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएका छन् । जसकारण झन्डै एक महिनादेखि संसदमा नाराबाजी र बहिष्कारले निरन्तरता पाएको छ । रास्वपा र राप्रपाको विरोधका बाबजुद आज बजेट पास गर्ने तयारी छ ।

ADVERTISEMENT