काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू भएको भए रुस–युक्रेन युद्ध नै सुरु नहुने दाबी गरेका छन्। उनले अहिलेको युद्धमा अमेरिकी पूर्व राष्ट्रपति जोन बाइडेनको भूमिकाप्रति पनि कटाक्ष गर्दै यस्तो दाबी गरेका हुन्।

‘यो यस्तो युद्ध हो, जुन म राष्ट्रपति भएको भएँ कहिल्यै सुरु हुने थिएन,’ ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा पोस्ट गर्दै लेखेका छन्, ‘यो युद्ध जेलेन्स्की, पुटिन र बाइडेनको हो, ट्रम्पको होइन।’

ADVERTISEMENT

उनले आफू एउटा ठुलो सङ्कटबाट जोगाउने प्रयास गर्दे गरेको बताए। ‘म केवल एउटा ठुलो सङ्कटबाट जोगाउने प्रयास गर्दै छु,’ उनले थपेका छन्, जुन चरम अक्षमता र घृणाका कारण सुरु गरिएको थियो।’ एजेन्सी