काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई चेतावनी दिएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथमार्फत सन्देश जारी गर्दै इरानलाई ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज पूर्णरूपमा सुरक्षित बनाई खोल्न भनेका हुन् । यदि इरानले समयसीमाभित्र होर्मुज जलडमरू नखोले अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी छ ।
‘अमेरिका इरानको सबैभन्दा ठूलो पावर प्लान्टबाट आक्रमण सुरु गर्दै क्रमशः अन्य ऊर्जा संरचना पनि नष्ट गर्नेछ,’ उनले भनेका छन् ।
इरानले पाँच हजार किलोमिटर टाढा महासागर बीचमा रहेको अमेरिकी युद्धपोतमा मिसाइल आक्रमण गरेको केही घन्टापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । अमेरिकाले इरानलाई क्रुड आयल निर्यात गर्न कोटासमेत निर्धारण गरेको छ ।








