काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ साउनमा वाणिज्य बैंकहरुले ८ अर्ब नाफा काएका छन् । साउन मसान्तसम्म आइपुग्दा २० वाणिज्य बैंकहरुले ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
यो गत आर्थिक वर्षको साउन महिनाको तुदनामा ८.६४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको साउन महिनामा बैंकहरुले ९ अर्ब १७ करोड ६१ लख रुपैयाँ नाफा कमाएका थिए ।
यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । यस अवधिमा बैंकले ७८ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा नबिल बैंक रहेको छ । यसले ७१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ ।
अघिल्लो साउन महिनाको तुलनामा ११ बैंकको नाफा घटेको छ भने ९ बैंकको बढेको छ । सवै भन्दा कम नाफा कमाउने कृषि विकास बैंक रहेको छ ।
कुन बैंकको नाफा कति
ग्लोबल आईएमई : ७८ करोड ४५ लाख
नबिल : ७१ करोड ६४ लाख
नेपाल इन्भेष्टमेन्ट मेगा : ६३ करोड ४२ लाख
राष्ट्रिय वाणिज्य बैंक : ५५ करोड ८३ लाख
नेपाल बैंक : ५५ करोड २७ लाख
प्राइम : ५० करोड ५० लाख
कुमारी : ४९ करोड २४ लाख
एभरेष्ट : ४८ करोड ३९ लाख
एनएमबि : ४६ करोड ६८ लाख
हिमालयन : ४० करोड ८९ लाख
सिद्धार्थ : ४० करोड १४ लाख
लक्ष्मी स्नराईज : ३९ करोड ४५ लाख
सानिमा : ३९ करोड ३ लाख
एनआईसी एशिया : ३१ करोड ९४ लाख
प्रभु : ३० करोड २३ लाख
सिटिजन्स : २७ करोड २५ लाख
स्ट्यान्डर्ड चार्टर्ड : २७ करोड १६ लाख
माछापुच्छ्रे : २६ करोड ५२ लाख
नेपाल एसविआई : १५ करोड ८९ लाख
कृषि विकास : ३८ लाख
प्रतिक्रिया








