काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण ग्लोबल आइएमई बैंकका एक कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।बैंकको रसुवास्थित शाखामा कार्यरत ६ जना कर्मचारीमध्ये पाँच जना सम्पर्कमा आइसकेका छन् भने एक जना कर्मचारीको अवस्था अझै अज्ञात रहेको बैंकले जनाएको छ।

बाढीका कारण रसुवा क्षेत्रमा सञ्चालनमा रहेका वाणिज्य बैंकका नौवटा शाखा प्रभावित भएका छन्। ती शाखामा कार्यरत कर्मचारीमध्ये २४ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ।

बाढीले बैंकका शाखा कार्यालयसहित अन्य भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा रहेका कर्मचारीको अवस्था बुझ्ने तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ।

ADVERTISEMENT

बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा आवतजावतमा समेत कठिनाइ रहेकाले सम्पर्कविहीन कर्मचारीहरूको अवस्था यकिन गर्न समस्या भइरहेको बताइएको छ।

ADVERTISEMENT

 

ADVERTISEMENT