काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ५ करोड १५ लाख रुपैयाँ नगद र झन्डै १८ किलो सुन लुटपाट भएको खुलेको छ ।

भदौ २४ मा भएको जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वर संसद भवन पछाडि रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा तोडफोड र लुटपाट भएको हो ।

ADVERTISEMENT

भदौ २४ गते प्रर्दशनकारीहरूले बानेश्वरमा रहेको संसद् भवनमा आक्रमण गर्दा नजिकै रहेको वाणिज्य बैंकको शाखामा पनि लुटपाट र तोडफोड भएको थियो ।

ADVERTISEMENT

बैंकका अनुसार लुटपाट भएको सुन धितोका लागि राखिएको हो जसको बीमा हुन्छ । राष्ट्र बैंकका अनुसार जेनजी आन्दोलनका क्रममा देशभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ वटा शाखा र एक्सटेन्शन काउन्टर, ६९ वटा एटीएममा तोडफोड तथा आगजनी भएको छ । राष्ट्र बैंकले क्षतिको तथ्याङ्क सङ्कलनकै क्रममा रहेको जनाएको छ ।