काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा पवन रेग्मीको बढुवा भएको छ ।
बैंकको सञ्चालक समितिको असार ३२ गते बसेको २८२३औं बैठकको निर्णयानुसार ११औं तहको उपकार्यकारी अधिकृत पदमा कार्यरत रेग्मीलाई १२औं तहको नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।
यस्तै, बैंकको असार ३० गते बसेको सञ्चालक समितिको २८२१औं बैठकको निर्णयानुसार १०औं तहका मुख्य प्रवन्धक (लेखा) तथा मुख्य प्रवन्धक पदमा कार्यरत निम्बल श्रेष्ठ र भीमप्रसाद घिमिरेलाई ११औं तहको उपकार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ ।












