काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ । आजका लागि सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंघलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो ।

आज चाँदी तोलामा रु ४५ घटेर दुई हजार ५५० मा किनबेच हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT