काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको कारोबारमा सुनको मूल्य आठ हजार एक सय रुपैयाँले बढेर कीर्तिमानी उचाइमा पुगेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको कारोबार प्रतितोला दुई लाख ४० हजार चार सय रुपैयाँमा भएको थियो ।

ADVERTISEMENT

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनााएको छ ।

ADVERTISEMENT