काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ ।
गत शुक्रबार तोलाको दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज दुई लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मोल प्रतितोला तीन हजार ५५ रुपैयाँ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





