काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपालको टोली घोषणा गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा आगामी असोज दोस्रो सातामा हुने शृंखलाका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो ।

ADVERTISEMENT

नेपाली टोलीको उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आदिल आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, सन्दीप जोरा, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन् ।

ADVERTISEMENT

टोलीमा आदिल अन्सारी र सन्दीप जोराले भने पुनरागमन गरेका हुन् । आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन । सन्दीप पनि २०२४ को टी ट्वान्टी विश्वकपपछि टोलीमा समावेश भएका हुन् । नेपालले युएईमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको ट्वान्टी–२० शृङ्खला खेल्दैछ । जसमा नेपालले आगामी असोज ११, १३ र १४ गते खेल्नेछ ।