काठमाडौँ । सरकारले त्रिवि कीर्तिपुर क्रिकेट रंगशालामा प्रथम चरणमा निर्मित प्यारापिट र फ्लडलाइटको  काम सकिएपछि नेपाल क्रिकेट संघ(क्यान)लाई हस्तान्तरण गरेको छ ।

ADVERTISEMENT

दुवै काम सकिएपछि क्यानलाई सञ्चालनका लागि हस्तान्तरण गरिएको हो । रंगशालामा ६ वटा फ्लडलाइट र १० हजार क्षमताको प्यारापिट निर्माण गरिएको छ ।

ADVERTISEMENT

यो रंगशालामा भोलि सोमबारदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल सुरु हुँदैछ ।

ADVERTISEMENT