काठमाडौं । जेनजी आन्दोलनको क्रममा नियन्त्रणमा राखिएका पूर्वमन्त्रीहरुलाई नेपाली सेनाले चरणबद्ध रुपमा मुक्त गर्न थालेको छ।
२४ गते प्रदर्शनकारीहरुले संसद भवन, सर्वोच्च अदालत, बालुवाटार, मन्त्रि निवास भैसेपाटी लगायत नेता तथा मन्त्रिहरुको घरमा आगजनी तथा भौतिक आक्रमण गर्न थालेपछि सेनाले उनीहरुलाई हेलिकप्टर मार्फत उद्धार गरेको थियो 

आन्दोलन उत्कर्षमा पुगेको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु र पार्टीका शीर्ष नेताहरुलाई सेनाले “सुरक्षाको कारण” जनाउँदै नियन्त्रणमा लिएको थियो। उनीहरुलाई विभिन्न सैनिक गणमा सुरक्षित राखिएको थियो, जसअन्तर्गत भैरवनाथ गणमा थुनिएका पूर्वमन्त्रीहरु आज मुक्त गरिएको स्रोतले जनाएको छ।