काठमाडौं , पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति भएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले जेन-जी आन्दोलनमा सहभागीभई ज्यान गुमाएका युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै भनेक छन् “प्रिय Gen Z, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”
स्मरणीय छ कि, जेन-जी आन्दोलनको पहिलो दिनमा २० भन्दा बढी युवा मारिएपछि तत्कालीन केपी ओली सरकारले राजीनामा दिएर भूमिगत भएको थियो। तत्पश्चात् बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी ६ महिनाभित्र नयाँ निर्वाचन सम्पन्न गर्नुका साथै आन्दोलनका क्रममा मारिएका युवाहरूको हत्या प्रकरणमा संलग्न राजनीतिज्ञ र सरकारी अधिकारीहरूको अनुसन्धान अगाडि बढाउने जिम्मेवारी पाएको छ।
नयाँ सरकारको गठन र बालेनको अभिव्यक्तिलाई देशमा संवैधानिक प्रक्रिया र न्याय सुनिश्चित गर्ने सकारात्मक संकेतको रूपमा व्याख्या गरेका छन्।






