पूर्वप्रधानन्यायाधीश सुशीला कार्की संविधानको धारा ६१ अनुसार प्रधानमन्त्री नियुक्त हुने भएकी छन्।
यो धारा अन्तर्गत राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्ने र संविधानको पालन तथा संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख गरिएको छ ।
यस धारा अन्तर्गत प्रधानमन्त्री नियुक्तिको कुनै स्पष्ट प्रावधान छैन तथापि, कतिपय संविधानविद्हरूका अनुसार वर्तमान परिस्थितिको बारेमा हाम्रो संविधानले कुनै पूर्वानुमान नगरेको हुँदा, असामान्य राजनीतिक परिस्थितिमा राष्ट्रपतिले संविधानलाई न्यूनतम क्षति हुने प्रक्रियामार्फत ट्र्याकमा ल्याउने जिम्मेवारी वहन गर्नु आवश्यक हुन्छ।
त्यसैले यो धारा अन्तर्गत राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नु र संविधानको पालन तथा संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ। त्यसैले, केही कुरा संविधानमा प्रत्यक्ष उल्लिखित नभए पनि यसको भावना र आवश्यकता अनुसार बुझ्नु पर्ने कुरा बताएका छन् । संविधानको भाग–६ अन्तर्गत धारा ६१ यस प्रकार छ:
राष्ट्रपतिले समग्र धारा ६१ उल्लेख गरेपनि मुलत धारा ६१ को ४ लाई आधार बनाएको बुझिन्छ जसमा संविधानको पालन तथा संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख गरिएको छ










