काठमाडौं। नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आफूहरू भागबन्डाका लागि वार्ता समिति बनाएर अघि नबढेको स्पष्ट पारेका छन्। महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलका अनुसार, पार्टीका नेताहरू संस्थापन पक्षसँग चलाइरहेका वार्ता भागबन्डाका लागि नभई नेतृत्व परिवर्तनका लागि भएको हो।

‘यो विशेष महाधिवेशन सतप्रतिशतका लागि हो, ४० प्रतिशतका लागि होइन,’ पोखरेलले भने। उनले थपे, ‘हामीले भागबन्डा गर्न पठाएका होइनौं। कांग्रेसको विशेष महाधिवेशनको सबै जरा यही रहेको छ र हेप्ने अधिकार कसैलाई छैन।’

ADVERTISEMENT

पोखरेलले निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको जानकारी दिँदै सभापति शेरबहादुर देउवालाई पनि महाधिवेशनमा मनोनयन गर्न आग्रह गरे। उनले भने कि नेतृत्वसँगको संवाद र प्रक्रिया दुवै सँगसँगै हुनेछन्।