काठमाडौं । देशभर सुरक्षा निकायले विभिन्न गतिविधिमा सक्रियता देखाउँदै नियन्त्रणात्मक कारबाही गरेको छ।

सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। यसक्रममा कञ्चनपुरको चाँदनीबाट भारततर्फ भाग्दै गरेका ७ जना कैदीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ। त्यस्तै, १ जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका छन् भने १२ जना कैदी आफैं कारागारमा हाजिर भएका छन्।

ADVERTISEMENT

रामेछापस्थित जिल्ला कारागारमा बाहिर जानुपर्ने भन्दै कैदीहरूले गरेको झडपलाई नियन्त्रणमा लिन सेनाले गोली चलाउँदा १२ जना घाइते र २ जनाको मृत्यु भएको छ त्यसैगरी, काभ्रेपलान्चोकको बनेपा–९, नयाँ बस्तीमा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाले सुरक्षित रूपमा नष्ट गरेको छ।

ADVERTISEMENT

सुरक्षा निकायको अभियानमा हालसम्म ९४ नाल विभिन्न हतियारहरू बरामद गरिएको पनि जनाइएको छ।