काठमाडौं,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिएआइए) अनिश्चितकालीन रूपमा बन्द गरिएको छ।

नागरिक उड्डयन कार्यालय गौचरले मंगलबार सार्वजनिक गरेको सूचनामा उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, असामान्य परिस्थिति तथा विमानस्थल वरपर देखिएको बाक्लो धुँवाले उडान तथा अवतरण मार्गमा गम्भीर सुरक्षा जोखिम देखिएको भन्दै अर्को सूचना नआएसम्मका लागि विमानस्थल बन्द रहने उल्लेख गरिएको छ।

कार्यालयले यात्रुवर्गलाई विमानस्थलतर्फ नआउन आग्रह गर्दै भनेको छ, “विमानस्थल खुलेको सूचना पाएपछि मात्र सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी यात्राको तयारी गर्न अनुरोध गर्दछौं।”