काठमाडौं । काठमाडौंको कोटेश्वरमा मंगलबार दिउँसो भएको प्रदर्शन हिंसात्मक बन्दा कम्तीमा तीन प्रहरीको ज्यान गएको छ । उपत्यका प्रहरी कार्यालय रानिपोखरीका डिआइजी ओम रानाका अनुसार मृतकहरू कोटेश्वर प्रभागमा कार्यरत प्रहरी हुन् ।

डिआइजी रानाले महाराजगञ्ज प्रहरी वृत्त र कालिमाटी क्षेत्रमा पनि क्षति पुगेको जनाएका छन् । त्यहाँ केही हताहती भएको आशंका गरिएको भए पनि औपचारिक पुष्टि भने भइसकेको छैन ।

ADVERTISEMENT