काठमाडौं – जेन जी आन्दोलनकारीहरूले हिजो भएको १९ जनाको मृत्युको आक्रोशमा आज सर्वोच्च अदालत, विशेष अदालत र काठमाडौं जिल्ला अदालत परिसरमा आगजनी गरेका छन्।

प्रदर्शनकारीहरूले राजधानीका विभिन्न न्यायिक संरचनालाई लक्षित गर्दै तोडफोड तथा आगजनी गरेका हुन्। घटनापछि ती अदालत परिसर वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

हिजोको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरू आक्रोशित बनेका थिए। उनीहरूले न्यायालयहरूलाई समेत सरकारको प्रतीक ठानी आक्रमण गरेको बताइएको छ।

आगजनीका कारण अदालत परिसरमा पूर्ण  क्षति पुगेको छ भने कर्मचारीह