काभ्रेपलाञ्चोक — जिल्लामा बिहानैदेखि चर्किएको आन्दोलन नियन्त्रण गर्न प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार आज दिउँसो सवा १२ बजेबाट कर्फ्यू लागू गरिएको हो।

प्रशासनले कर्फ्यू अवधिमा सबै किसिमका सभा–जुलुस, विरोध प्रदर्शन तथा भीडभाड पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पारेको छ। बिहानदेखि नै प्रदर्शन तीव्र बनेपछि सुरक्षात्मक कारण देखाउँदै प्रशासनले यो कदम चाल्नुपरेको हो।

ADVERTISEMENT