पाटन। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित भएका छन् । सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित एसियाली मुलुकमा विभिन्न पेसामा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्वको सम्मान कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्न नेतृत्व गरेकाले महर्जनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
ललितपुरलाई बस्नयोग्य सम्पदामैत्री सहरका रूपमा विकास गर्न योगदान पुर्याउनु भएबापत एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्डबाट सम्मानित गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए। उनका अनुसार महानगरप्रमुख महर्जनलाई पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवार्ड प्रदान गरेका छन् ।
ललितपुर महानगरको प्रमुख पदमा दुई कार्यकाल निर्वाचित हुनुभएका महर्जनले नेपालका ७५३ वटै स्थानीय तहका प्रमुखमध्ये समर्पित, प्रतिबद्ध, इमानदार नेतृत्वका रूपमा स्थापित भई आधुनिकीकरणसँगै सांस्कृतिक परम्परालाई र सम्पदालाई सुरक्षित राख्न जोड दिँदै आएका छन् ।
सन् १९५७ डिसेम्बर १ मा ललितपुरको पुल्चोकमा जन्मिनुभएका महर्जन बाल्यकालमा पिताको निधनले विभिन्न समस्या भोग्दै सामुदायिक सहयोगमा आफ्नो शिक्षा पूरा गरे । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर उपाधि हासिल गरेसँगै सामाजिक सेवामा सक्रिय हुनुभएका उनले तत्कालीन ललितपुर नगरपञ्चायतको वडाध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका थिए । तीनपटक वडाध्यक्ष र दुई कार्यकाल नगरप्रमुखको भूमिका निर्वाह गर्ने अवसर पाउनुभएका महर्जनले नेपाली कांग्रेस पार्टीमा आवद्ध रहेर जवाफदेही र जिम्मेवार नागरिक केन्द्रित शासनका पक्षमा काम गर्दै आएका छन ।
महानगरप्रमुख महर्जनले मुलुकको पहिलो साइकल लेन, स्मार्ट सडक बत्ती, आधुनिक फोहर व्यवस्थापन प्रणाली, बीउ वितरण मेसिन, खानेपानी वितरण मेसिनलगायत सार्वजनिक सेवामैत्री सेवा सुरु गरेर दिगोपन र समावेशितालाई व्यवहारमा उतार्ने काम गरेर ।सबै वडामा निःशुल्क पूर्वप्राथमिक शिक्षा, हरित क्षेत्र र पार्क विस्तार, वृक्षरोपण, शुद्ध पानीको सहज पहुँच, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहकार्यका माध्यमबाट सांस्कृतिक आदानप्रदान, दिगो विकास र सम्पदा संरक्षणमा साझेदारी बढाउन जोड दिँदै आएका छन ।

‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट बालकृष्ण श्रेष्ठ, ‘आइकोनिक इन्टरपेजरसीप अवार्ड’बाट राजेन्द्र मल्ल, ‘एक्सिलेन्स इन न्युरोसाइनेस एण्ड हेल्थकेयर अवार्ड’बाट डा वसन्त पन्त, ‘विमन इन विजिनेश लिडरसीप अवार्ड’बाट ज्योत्स्ना श्रेष्ठ, ‘बैंकिङ सिइओ अफ दी इयर’बाट मनोज ज्ञवाली, ‘विमन इन इनर्जी एक्सिलेन्स अवार्ड’बाट सुसन कर्माचार्य, ‘भिजिनरी लिडरसीप इन लाइफ इन्स्योरेन्स अवार्ड’बाट सन्तोष प्रसाईं सम्मानित हुनुभएको आयोजकले जनाएको छ ।
त्यसैगरी, ‘अटोमोटिभ विजिनेश एक्सिलेन्स अवार्ड’बाट मिलनबहादुर मल्ल, ‘आउटस्टायन्डिङ पब्लिक कम्युनिकेटर अवार्ड’बाट सिवानी थापा बस्न्यात, ‘आउटस्टायन्डिङ जर्नालिजम अवार्ड’बाट सुशील अर्याल, ‘विमन टुरिजम इन्टरपेनर अवार्ड’बाट कमला गिरी, ‘आउटस्टायन्डिङ पब्लिक सर्भिस अवार्ड’बाट शेरबहादुर विसी, ‘युथ विजिनेश लिडरसीप अवार्ड’बाट डिल्लीराम पङ्गेनी, ‘म्युजिकल ब्रिलियन्ट अवार्ड’बाट शिव परियार सम्मानित हुनुभएको सिजन मिडियाका अध्यक्ष वन्तले जानकारी दिए ।
उहाँका अनुसार ‘एक्सिलेन्स इन फाइनान्स सर्भिस एण्ड डिजिटल इन्नोभेटिभ अवार्ड’बाट खिलेन्द्र पौडेल, ‘एक्सिलेन्स इन हेयर एण्ड व्युटीकेयर अवार्ड’बाट लक्ष्मी ठाकुर, ‘हेल्थ एण्ड फिटनेस चेञ्जमेकर अवार्ड’बाट सुकदेव कार्की, ‘डिस्टिङ्गिवष्ट पर्फमेन्ट सिनेमा अवार्ड’बाट केकी अधिकारी, ‘युथ इन्नोभेटर इन्टरपेनरसीप अवार्ड’बाट मनोज पौडेल, ‘एक्सिलेन्स इन एभियसन एण्ड हस्पिटालिटी सर्भिस अवार्ड’बाट सेमन्त श्रेष्ठ र ‘साइन्टिफिक पब्लिसिङ एण्ड इडिटोरियल एक्सिलेन्स अवार्ड’बाट सुरेश रिजाल सम्मानित भए ।

एसियाली देशहरूमा चीनका चेन्ग हुआङ ‘पायोनियर फोटोग्राफी एण्ड कल्चर हेरिटेज अवार्ड’बाट, कम्बोडियाकी लिआङ बोफा ‘विमन विजिनेश लिडरसीप एक्सिलेन्स अवार्ड’बाट, बङ्गलादेशका मसियुर रहमन सुमोन ‘एक्सिलेन्ट फोटोग्राफी एण्ड हस्पिटालिटी अवार्ड’बाट, बङ्गलादेशकै मोइन्उद्दिन अहमद ‘आउटस्टायन्डिङ फोटोजर्नलिज्म अवार्ड’बाट सम्मानित हुनुभएको अध्यक्ष वन्तले जानकारी दिए ।
मलेसियाका मनिमारन एल सुप्पिअह ‘एक्सिलेन्स इन इन्टरनेशनल विजिनेश एण्ड नेटवर्किङ अवार्ड’बाट, भुटानका फुन्ट्शो डेन्डुप ‘एक्सिलेन्स इन हेल्थ एण्ड सेप्टी लिडरसीप अवार्ड’बाट र थाइल्यान्डकी सुकन्या अर्त्री ‘एक्सिलेन्स इन ग्लोबल डान्स एण्ड इन्टरनेन्टमेन्ट अवार्ड’बाट सम्मानित हुनुभएको जानकारी दिए ।






