ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ ।

आइतबार बिहान तीनवटा डोजरसहित सो क्षेत्रमा पुगेका नगर प्रहरीले लगनखेलमा रहेको सरकारी जग्गा कित्ता नम्बर १०५ क्षेत्रफल १७–०–०–० जग्गामा निर्माण गरिएको संरचना भत्काएको हो । नगरपालिकाले ३५ दिने सूचना टाँस गरेर दिइएको समयसीमा नाघेपछि आज डोजर चलाइएको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

ADVERTISEMENT

महानगरपालिकाको सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरीहरुको संरक्षण गर्ने नीतिबमोजिम सो स्थानमा रहेको न्हुः पोखरीको जिर्णोद्वार तथा पुनः निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन डीपीआर नगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट विनियोजन हुनाले सो संरचना हटाइएको हाछेथुले बताए ।

ADVERTISEMENT