काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्ने भएको छ।
मंसिर ८ गतेदेखि सुरु भएर शुक्रबार सम्पन्न भएको केन्द्रीय कार्यसमिति बैठकका निर्णयबारे जानकारी दिन कांग्रेसले पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो।
पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ। सम्मेलनमा समाचार संकलन तथा सम्प्रेषणका लागि सञ्चारकर्मीलाई आमन्त्रण गरिएको छ।
सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पार्टी कार्यालय सानेपामा सम्पन्न भएको थियो।
पत्रकार सम्मेलनमार्फत बैठकले गरेका निर्णय तथा पार्टीका आगामी योजनाबारे जानकारी गराइने अपेक्षा गरिएको छ।












