काठमाडौं।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। नयाँ नेतृत्व चयन भएपछि पार्टीको यो दोस्रो बैठक हो। बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वलाई शुक्रबार निर्वाचन आयोगले आधिकारिकता दिएपछि आज बैठक बस्न लागेको हो। बैठकमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।

प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा पहिलो बैठकका निर्णयहरू कार्यान्वयनको समीक्षा गर्नुका साथै आसन्न निर्वाचनलाई केन्द्रमा राखेर पार्टीको रणनीतिबारे छलफल हुनेछ।