काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न जाने भएका छन्।
प्रधानमन्त्री शाहकी प्रेस संयोजक दीपा दाहालले प्रधानमन्त्रीले राष्ट्रपति पौडेललाई भेट्ने कार्यक्रम तय भएको जानकारी दिएकी छन्।
स्रोतका अनुसार भेटमा सरकारले थप अध्यादेश ल्याउने विषय तथा राष्ट्रपतिबाट जारी हुन बाँकी रहेका अध्यादेशबारे छलफल हुनेछ।
सरकार र राष्ट्रपतिबीच अध्यादेशसम्बन्धी विषयमा हुन लागेको यो भेटलाई आगामी कानुनी तथा सरकारी प्रक्रियाका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।












