काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ।
भेटका क्रममा उठेका विषय तथा छलफलका अन्य विवरण भने सार्वजनिक गरिएको छैन।












