काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैछन् ।

रसुवा बाढीले मुलुक आक्रान्त रहेका बेला उनले संसदमा सम्बोधन गर्न लागेका हुन् । रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पु‍र्‍याएको छ ।

बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पु‍र्‍याएको विवरण आएका छन् ।

ADVERTISEMENT

सरकारले आफ्नो तर्फबाट उद्धारमा सक्रियता देखाएको छ । यो लगायतका विषयमा लामिछानेले संसदमा बोल्न लागेका हुन् ।

ADVERTISEMENT