काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुमबासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको निर्णयप्रति आपत्ति जनाउँदै राणाले घरबार गुमाएर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई अन्यत्र जाने व्यवस्था नगरी हटाउन खोज्नु उचित नभएको बताएका हुन्।

ADVERTISEMENT

‘घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने? यसको जवाफ दिने र उनीहरूको सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मेवारी सरकारकै हो,’ उनले लेखेका छन्।

ADVERTISEMENT

प्रभावित परिवारसँग संवाद गरी सुरक्षित र सम्मानजनक पुनर्वासको व्यवस्था गर्नुपर्ने उनको माग छ। पुनर्वासको व्यवस्था नहुँदासम्म उनीहरूलाई होल्डिङ सेन्टरमै बस्न दिनुपर्ने राणाको भनाइ छ।