काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा ललितपुर क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उदयशम्शेर राणाले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणामअनुसार राणाले ५ हजार ४ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धरत्न महर्जन ३ हजार २४३ मतसहित दोस्रो स्थानमा रहेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चेतनाथ सञ्जेल २ हजार ९२२ मतसहित तेस्रो स्थानमा छन्।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका सुनिल महर्जनले ५०१ मत प्राप्त गरेका छन्। अन्य क्षेत्रहरूको तुलनामा ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव केही कमजोर देखिएको छ।
ललितपुर जिल्लामा तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। जिल्लाभर कुल २ लाख ६९ हजार २५६ मतदाता रहेका छन्, जसमध्ये १ लाख ३१ हजार ५४९ महिला र १ लाख ३७ हजार ७०७ पुरुष मतदाता छन्।
ललितपुर–१ मा कुल ७७ हजार ७३७ मतदाता रहेकोमा हालसम्म ८ हजार ४९० मत गणना भएको छ। जसमध्ये २८० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
ललितपुर–१ मा कांग्रेसका उदयशम्शेर राणाको अग्रता कायमै






