काठमाडौं । देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अधिकांश क्षेत्रमा हुस्सु तथा तुवाँलो लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली तथा पहाडी क्षेत्रका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
आज राति कोशी प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
त्यस्तै, शुक्रबार कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
शुक्रबार कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।












