काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार आज राति देशभर आंशिक बदली हुनेछ। बुधबार देशभर सामान्यतया बादल लाग्ने र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी र बागमतीका पहाडी भूभाग तथा मधेस र कोशीको तराई क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ।

ADVERTISEMENT

बिहीबार भने मौसम थप सक्रिय हुने अनुमान छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

ADVERTISEMENT

विशेषगरी कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ। लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।