काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नागरिक लगानी कोषको कामकारबाही, लगानी र प्रतिफलको अवस्थाबारे छलफल गर्ने भएको छ।

समितिको बैठक बिहीबार (मंसिर १०) बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने गरी बोलाइएको छ।

ADVERTISEMENT

संसद् सचिवालयका अनुसार बैठकमा नागरिक लगानी कोषबाट सम्पादित कामकारबाही, कोष परिचालनको अवस्था, लगानी तथा त्यसबाट प्राप्त प्रतिफलको स्थितिबारे प्रस्तुतीकरण र छलफल हुनेछ।

ADVERTISEMENT

त्यस्तै, कोषको भावी कार्ययोजना, सञ्चालनका क्रममा देखिएका समस्या तथा सुधार गर्नुपर्ने क्षेत्रबारे पनि छलफल गर्ने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री, अर्थसचिव तथा नागरिक लगानी कोषका अध्यक्षलाई आमन्त्रण गरिएको छ। यसबाहेक विविध विषयमा समेत छलफल हुने संसद् सचिवालयले जनाएको छ।