काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ रोजेको छ । टस जितेसँगै साबिक विजेता लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

सुदूरपश्चिमले फाइनल खेलका लागि टोलीमा एक परिवर्तन गरेको छ । थरिन्दु रत्नायकेको स्थानमा सैफ जैबलाई पहिलो रोजाइमा समावेश गरेको छ । लुम्बिनी लायन्सले भने पहिलो क्वालिफायरमा खेलेकै टोलीलाई निरन्तरता दिएको छ ।

ADVERTISEMENT

लुम्बिनी लायन्स लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । उता, लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम रोयल्स पहिलो पटक एनपीएल च्याम्पियन बन्ने लक्ष्यमा छ ।

ADVERTISEMENT

यसअघि दोस्रो संस्करणको फाइनलमा पनि सुदूरपश्चिम र लुम्बिनी भिडेका थिए । उक्त खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो । यस पटक सुदूरपश्चिम पुरानो हारको बदला लिँदै उपाधि खडेरी तोड्ने दाउमा छ ।