काठमाडौं। नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार २ सय रुपैयाँले घटेको छ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

ADVERTISEMENT

बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।