काठमाडौं । भोटेकोसी बाढी प्रभावितका लागि सरकारका विभिन्न कोषमा आर्थिक सहयोग जम्मा हुने क्रम जारी रहे पनि पीडितले भने राहत नपाएको गुनासो गरेका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म १८ अर्ब ४७ करोड ८ लाख ७२ हजार ३९५ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब ७३ करोड ६ लाख ७७ हजार ४३० रुपैयाँ जम्मा भएको छ । त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा ३ करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर संकलन भएको छ ।

ADVERTISEMENT

बाढी प्रभावितका लागि ठूलो रकम संकलन भइरहँदा पीडितले भने आफूहरूले अपेक्षित सहयोग नपाएको गुनासो गरेका छन् । बाढीले घर तथा बस्तीमा क्षति पुर्‍याएका प्रभावितहरू पुरानै ठाउँमा पाल टाँगेर बस्न बाध्य भएका छन् ।

कोषमा अर्बौं रकम जम्मा भइरहे पनि प्रभावितसम्म राहत र पुनःस्थापनाको सहयोग पुग्न नसकेको अवस्थाले संकलित रकमको वितरण र उपयोगबारे प्रश्न उठाएको छ ।