काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले दोस्रो अर्धशतक पूरा गरेका छन्।काठमाडौं गोर्खाजविरुद्धको खेलमा ऐरीले ४६ बलमा दुई छक्का र चार चौकाको मद्दतमा अर्धशतक बनाएका हुन्। यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए।

जारी सिजनमा हालसम्म १८ अर्धशतक र एक शतक प्रहार भएका छन्। काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले समान दुई अर्धशतक बनाएका छन्।

ADVERTISEMENT

त्यस्तै, विराटनगरका इमरान शेख र आन्द्रे रसेल, काठमाडौंका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली र शैफ हसन, कर्णाली याक्सका सोमपाल कामी र डेभिड मिलर तथा सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन्।

ADVERTISEMENT

चितवन राइनोजका डेभिड मलान र रवि बोपरा तथा पोखरा एभेन्जर्सका कुशल भुर्तेल र युवराज सामराले पनि अर्धशतक प्रहार गरेका छन्।यस सिजनमा शतक बनाउने एकमात्र खेलाडी पोखरा एभेन्जर्सका युवराज सामरा हुन्। उनले कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पूरा गरेका थिए।