काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द चौतारी हस्पिटालिटी ग्रुप प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले काठमाडौंको दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुपमा ड्रिंक्स एन्ड बेभरेजमा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

ADVERTISEMENT

बैंकका अनुसार यस सहकार्यबाट ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारलाई डिजिटल भुक्तानीतर्फ प्रोत्साहन गर्ने विश्वास लिइएको छ । बैंकले डिजिटल बैंकिङको प्रयोग बढाउन समय–समयमा ग्राहक लक्षित विभिन्न सुविधा सञ्चालन गर्दै आएको छ ।

ADVERTISEMENT

विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘२०२५’ अवार्ड प्राप्त बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो ।

बैंकले हालै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ सञ्चालनमा ल्याएको छ । त्यस्तै, प्रिमियम ग्राहकलाई लक्षित ‘प्रिमियमर सर्भिङ्स अकाउन्ट’ पनि सुरु गरेको जनाएको छ ।

सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८५ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।