काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार एक खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

सुदूरपश्चिमले यस सिजनमा अहिलेसम्म पाँच खेल खेलेको छ । तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको सुदूरपश्चिमले ६ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।

ADVERTISEMENT

आजको खेल जिते सुदूरपश्चिमको प्लेअफ यात्रा थप सहज हुनेछ । त्यसैले टोली जित निकाल्दै आफ्नो स्थान बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछ ।

ADVERTISEMENT

यता, जनकपुर बोल्ट्सले पनि पाँच खेल खेलेको छ । दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको जनकपुरले चार अंक जोडेको छ । अंकतालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरलाई प्लेअफको सम्भावना बलियो बनाउन आजको खेल जित्नुपर्ने दबाब छ ।

दुवै टोलीका लागि महत्त्वपूर्ण रहेको आजको प्रतिस्पर्धाले अंकतालिकाको समीकरणमा पनि प्रभाव पार्नेछ ।