काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । टस हारेसँगै काठमाडौं गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ ।
चितवन चार खेलबाट पाँच अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा छ । यता काठमाडौं गोर्खाज चार खेलमा तीन जित निकाल्दै दोस्रो स्थानमा रहेको छ ।प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रिएका दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ । जितले दुवै टोलीको प्लेअफ यात्रालाई थप सहज बनाउनेछ ।यसअघि आजै सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको थियो ।












