काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को टोली काठमाडौं गोर्खाजले अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेललाई अनुबन्ध गरेको छ। काठमाडौंले सामाजिक सञ्जालमार्फत पटेललाई टोलीमा आबद्ध गरेको जानकारी दिएको हो।
भारतबाट खेल्दा पटेलले सन् २०१२ को यू–१९ विश्वकप जितेका थिए। उनी हाल अमेरिकी राष्ट्रिय टोलीबाट खेल्दै आएका छन्। शीर्षक्रमका ब्याटर पटेलले त्रिवि क्रिकेट मैदानमा समेत खेलिसकेका छन्।
पटेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका दुई खेलमा ३५ रन बनाएका छन्। समग्र टी–२० क्रिकेटमा भने उनले ४४ खेल खेल्दै ९१३ रन बनाएका छन्।
काठमाडौं गोर्खाजले यसअघि अस्ट्रेलियाका डेभिड वार्नर र विल बोसिस्टो, यूएईका केएस भरत तथा श्रीलंकाका सहान अराचिगेलाई टोलीमा अनुबन्ध गरिसकेको छ।










