काठमाडौँ। काठमाडौं गोर्खाजले साइमेक्स इंक प्रालि र यसको विश्वप्रसिद्ध इलेक्ट्रिक भेहिकल ब्रान्ड बीवाईडीलाई नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि ‘अफिसियल मोबिलिटी पार्टनर’को रूपमा अनुबन्ध गरेको छ।

काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले बीवाईडी र साइमेक्स इंकलाई पुनः ‘अफिसियल मोबिलिटी पार्टनर’का रूपमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताए।

ADVERTISEMENT

साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर (सीएमओ) समीर श्रेष्ठले पनि काठमाडौं गोर्खाजसँग पुनः सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

ADVERTISEMENT

उनले नेपालभरि क्रिकेटले मानिसलाई प्रेरित र एकजुट बनाइरहेको उल्लेख गर्दै काठमाडौं गोर्खाजको यात्रामा सहभागी हुन र खेलको भविष्यको उत्सव मनाउँदै प्रशंसकका लागि अविस्मरणीय अनुभव सिर्जना गर्न आफूहरू उत्साहित रहेको बताए।