काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको विशाल लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २१७ रन बनाएको हो ।

पोखराका लागि युवराज सामराले उत्कृष्ट ब्याटिङ गर्दै शतकीय पारी खेले । उनले ४८ बलमा १० चौका र छ छक्काको मद्दतमा १०२ रन बनाए ।त्यस्तै, कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्कासहित ६२ रनको योगदान दिए । कप्तान चमिका करुणारत्नेले आक्रामक ब्याटिङ गर्दै ११ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अविजित ३५ रन बनाए ।पोखराका महेदी हसन पाँच रनमा र सन्नी विक तीन रनमा आउट भए ।

ADVERTISEMENT

बलिङतर्फ कर्णाली याक्सका सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए भने मार्क वाटले एक विकेट हात पारे ।२१८ रनको लक्ष्य पछ्याउँदै कर्णाली याक्स अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

ADVERTISEMENT