काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार पनि सुनको मूल्य यही विन्दुमा कायम थियो। शुक्रबार सुनको भाउ प्रतितोला ५ हजार ९ सय रुपैयाँ घटेको थियो।
त्यसअघि गत बिहीबार सुनको मूल्य एकैदिन १३ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको थियो। बुधबार ६ सय, मंगलबार ७ सय र सोमबार २ हजार ३ सय रुपैयाँले बढेको सुनको भाउ अघिल्लो साताको आइतबार भने ८ हजार ३ सय रुपैयाँ घटेको थियो। त्यसअघिका चार दिनमा सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको थियो।
कात्तिक ८ गते पनि सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको थियो। पछिल्लो समय सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३ हजार ८ सय १० रुपैयाँमा स्थिर रहेको छ।
नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गत माघ १५ गते कायम भएको थियो। त्यस दिन सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि गत माघ १५ गते प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। माघ १८ गते भने चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो। यो चाँदीको मूल्यमा आएको हालसम्मकै ठूलो एकदिने गिरावट हो।












