काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा काठमाडौं गोर्खाजले विराटनगर किंग्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएको हो।

चार खेल खेलेको विराटनगरले दुई जित र दुई हारसहित चार अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। यस्तै, दुई खेल खेलेको काठमाडौंले एक जित र एक हारसहित दुई अंक जोडेको छ। काठमाडौं तालिकाको सातौँ स्थानमा रहेको छ। आजै सम्पन्न पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको थियो।

ADVERTISEMENT

 

ADVERTISEMENT