काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे विशेष सम्बोधन गर्ने भएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार थापाले भोलि दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपाबाट सम्बोधन गर्न लागेका हुन्।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै सम्बोधन कार्यक्रमबारे जानकारी दिएका हुन्। पार्टीले कार्यक्रममा उपस्थित हुन नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई अनुरोध गरेको छ।
सम्बोधनका क्रममा सभापति थापाले मुलुकको पछिल्लो राजनीतिक अवस्था, जनसरोकारका विषय तथा पार्टीको आगामी रणनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।










